२३ बैशाख २०८१, आईतवार

कैलालीमा कालो ढुसीबाट एक पुरुषको मृत्यु



धनगढी । कैलालीमा एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको बिहिबार बिहन ७ बजे मृत्यु भएको हो ।
श्रेष्ठले ती पुरुषले पिसिआर परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा कालो ढुसीबाट मृत्यु हुने पहिलो संक्रमित उनै हुन’ सूचना अधिकारी श्रेष्ठले भने –‘यसअघि यस्तो लक्षणका कुनै पनि संक्रमित अस्पतालमा फेला परेका थिएनन र उपचारमा पनि छैनन ।’

मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर ,डाक्टर निशान भट्राई र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको चिकत्सकहरुले बताए ।

मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सहरुले बताएका छन् । यस रोगबाट बच्न आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा चनाखो हुनु पर्नेमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निसान भट्टराई बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार