२१ भाद्र २०८१, शुक्रबार

दार्चुलामा वेवारिसे अवस्थाम वम फेला



दार्चुला । दार्चुलाको सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा वम भेटिएको छ ।

खेल मैदान बनाउने बेला वेवारिसे अवस्थामा पाइपको सकेट बम फेला परेको हो । २ फिट लम्बाई र ६ इन्च मोटाई भएको सकेट वम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

खुलामञ्चको मध्य भागमा मजदुरले फिल्ड निर्माण गरिरहेको बेला सवा ११ बजे वम फेला परेको हो।  वमलाई निष्कृय पार्न अहिले नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार