३० भाद्र २०८१, आईतवार

कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाउने



धनगढी । कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिए सगै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर चार दिन खुल्ने भएका हुन् ।

प्रत्येक आइतबार, मंगलबार,विहीबार र शनिबार बिहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र खुला  गर्न पाउने प्रशासनले जनाएको छ ।

यस्तै आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्क, साबुन र स्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने समेत पाउने जनाएको छ ।

यदी यदि तोकिए बमोजिम स्वास्थ्यका मापदण्डहरु परिपालना नगरेको भेटिएमा पसल बन्द गर्न समेत सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार