१० श्रावण २०८१, बिहीबार

कैलालीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो



धनगढी । कैलालीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी (सिडिओ )खगेन्द्र रिजालले बताए ।

जिल्लामा कोरोना संक्रमणदर  केहि मात्रामा कम भएपनि तत्काल निषेधाज्ञा  खोल्न नै उचित नहुने भन्दै जेठ मसान्तसम्म निषेधाज्ञालाई निरन्तरता दिएको सिडिओ रिजालले बताए ।

यस्तै आईतबार, मंगलबार, बिहिबार र  शनिबार  बिहान ६ देखि १० बजे सम्म  मात्र  खाध्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल खोल्न पाउने जनाएको छ । यस्तै बैकका सेवाहरु बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा प्रशासन कार्यालयले  निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गतेसम्म, ७ गतेदेखि १३ गते र १४ देखी २१ गते सम्म निषेधाज्ञा जारी गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार