१० श्रावण २०८१, बिहीबार

निषेधाज्ञामा चोरी–सिकार बढ्दै



टीकापुर । निषेधाज्ञाका बेला कैलालीको बर्का बन्वा (बसन्ता वन क्षेत्र) मा चोरी सिकारी बढेको छ । चराचुरुंगी देखि खरायो, बँदेल, चित्तललगायत साना जनावरको चोरी सिकारी बढेको हो ।

निषेधाज्ञाको समयमा सिकारीहरू निकै सक्रिय भएको कैलालीका संरक्षणकर्मी हिरूलाल डँगौराले बताए । उनले भने, ‘सबै मानिस कोरोनाको डरले घरमा बसेका छन् ।

कोही भने चोरी सिकारीमा सक्रिय भएका छन् ।’ उनका अनुसार बसन्ता वन क्षेत्र घोडाघोडी ताल क्षेत्रमा चोरी सिकारी बढेको पाइएको छ ।

कैलालीको इलाका वन कार्यालय पछमुरियाका सहायक वन अधिकृत विश्वराज पण्डितले वन क्षेत्रमा चोरी सिकार गरेका प्रशस्त प्रमाण भेटिने गरेका बताए ।

उनले भने, ‘जनावरका विभिन्न अंग तथा चरा मार्न रूखहरू नै ढालेको पाइएको छ । चोरी सिकार गरेका प्रशस्त प्रमाणहरू भेटिए पनि मान्छे भने समात्न नसकिएको

पण्डितले बताए । ‘गस्ती गरेकै छौं तर यो वन क्षेत्र पनि ठूलो छ । कताबाट पस्छन्, पत्तै लाउन सकिन्न,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार