२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा बुधबार २ सय ९३ कोरोना संक्रमित थपिए,६ जनाको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार २ सय ९३ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ९२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै बुधबार  १ हजार २०३ जना निको भएर घर फर्केका छन् भने थप ६ जनाको मृत्यु भएको छ।

कैलालीका र कञ्चनपुरका १/१ जना डडेल्धुरा र बाजुरामा २/२ जना गरि ६ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २९ हजार ३३८ नमूना परीक्षण गर्दा ४० हजार २४८ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २६ हजार ८०१ जनाले कोरोना जितेका छन् भने, ५१२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार