३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते



धनगढी ।  सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार