३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिमका एफएम रेडियोहरुका समस्याहरुबारे मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र



धनगढी । सुदूरपश्चिम प्रदेशका एफएम रेडियोहरुका विभिन्न समस्या समाधानको माग राख्दै सामुदायिक रेडियो प्रशारक संघ अकोराब र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानले संयुक्त रुपमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचल भट्टलाई ज्ञापन पत्र बुझाएको छन् ।

सुदूरपश्चिम सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा एफएम रेडियोहरुकाका समस्याहरु पनि बजेटमा समेटिनुपर्ने माग गर्दै  सामुदायिक रेडियो प्रशारक संघ अकोराबका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थी, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानका उपमहासचिव गोविन्द रोस्यारा र अकोराबका सुदूरपश्चिमका निवर्तमान अध्यक्ष दिर्घराज उपाध्यायले मुख्यमन्त्री भट्टलाई १५ बुंदे ज्ञापन पत्र  बुझाएका हुन् । 

आम सञ्चार नीतिको मर्म र भावना अनुरुप हुने गरी सुदूरपश्चिम प्रदेश सरकारले प्रसारण सम्वन्धी नयाँ कानुनी व्यवस्था मिलाउनु पर्ने, एफएम रेडियो व्यवस्थापन, नियमन तथा संचालन कार्यविधी बनाउने नाममा रेडियो बन्द गर्ने सम्मका नेपालको संविधान बिपरितका व्यवस्थाहरु तत्काल खारेज गर्नुपर्ने,अप्ठारोमा परेका रेडियोको लागि उपकरण खरिदमा अनुदान  लगायतका मागहरु गरिएका छन् । 

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले एफएम रेडियोहरुको बारेमा आफु जानकार रहेको र सकेसम्म प्रदेश सरकारको निति तथा कार्यक्रममा सम्बोधन गर्ने बताए ।    

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार