१६ बैशाख २०८१, आईतवार

सेती प्रयोगशालामा ५४ जनामा कोरोना पुष्टि



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३३ नमूना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका  १९ जना  यस्तै धनगढीबाहेक कैलालीका ३१ जना र अन्य जिल्लाका ४ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  ५ जना निको भई घर फर्किएका छन्, भने थप ७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा बेलौरीका २९ बर्षिय पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार