१७ बैशाख २०८१, सोमबार

गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण



धनगढी । गेटा मेडिकल कलेजमा निर्माण गरिएको कोरोना स्याहार केन्द्रलाई आयुवेर्दिक औषधी वितरण गरेको छ ।

कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगिको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले औषधी वितरण गरेको हो ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डाक्टर खगेन्द्र वमका अनुसार कोरोना स्याहार केन्द्रलाई अस्वगन्धा र जेठी मधु वितरण गरिएको छ । दुई वटै आयुर्वेदिक औषधी कोरोना संक्रमण निको पार्न महत्वपूर्ण मानिएका छ । ‘दुई वटै आयुर्वेदिक औषधी कोरोना संक्रमितका लागि देश भर प्रयोग भइरहेका छन्’ निर्देशक वमले भने– ‘भारतमा पनि यो औषधीको प्रयोग भइरहेको छ ।’

अस्वगन्धाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई रोगिलाई छिटो संक्रमण मुक्त बनाउन सहयोग पुग्नेको छ भने जेठी मधुले कफ हटाई खोकी निकोपार्ने तथा घाँटीमा देखिने अन्यसमस्या निको पार्न समेत काम गर्ने गरेको वमले बताए । यी औषधीको सेवनले अन्य रोग संग लड्ने क्षमताको समेत विकास गर्ने उनले बताए । ‘आयुर्वेदिक औषधीको सेवनले शरीरमा नकारात्मक असरे गर्दैन’ निर्देशक वमले भने–‘शरीरमा अन्य रोग संग लड्ने क्षमताको समेत राम्रो विकास हुन्छ ।’

औषधी बुझ्दै कोरोना स्याहार केन्दका संयोजक तथा गोदावरी नगरपालिकाका प्रबक्ता शर्मा भट्टले आयुवेर्दिक र्आषधीको प्रभाव राम्रो हुने गरेको बताए । ‘पहिलो चरणमा कोरोना संक्रमण फैलिदा क्वारेन्टाईनमा रहेका नागरिकलाई आयुवेर्दिक औषधी वितरण गरेका थियौं’ उनले भने–‘जसका कारण धेरै विरामी सहजै निको भएका थिए, अहिले पनि हामीले रोगिलाई आयुर्वेदिक औषधी दिने गरेका छौं ।’ उनले तत्कालका लागि स्याहार केन्द्रमा रहेका ९ जना विरामीलाई आयुवेर्दिक औषधी वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार