२३ बैशाख २०८१, आईतवार

धनगढी उपमहानगरपालिका र आन्तरिक मामिला तथा कानुन मन्त्रालय नजिक रहेको दशरथ–भीमदत्त उद्यानमा चोरी



धनगढी । धनगढीस्थित दशरथ–भिमदत्त उद्यानमा चोरी भएको छ ।

गएराति उद्यानको कार्यालयको ढोका र झ्यालको तारको जाली काटेर चोरी भएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ठिक सामन्ने रहेको पार्कबाट चारले कबि ३ लाख बराबरको सामान र नगद चोरेर लगेको छ ।

पछाडिको झ्यालको तारको जाली काटेर ३ वटा सिलिङ्ग पंखा, साउण्ड सिष्टमको मिक्चर, डिभिडी, माइक्रोफोना, पित्तलको ठूलो पानस र अर्को कोठाको ढोका फोडेर बिक्रिका लागि राखिएको ब्राण्डेड स्पोट्स सुज ५ जोडा, लेलिनको ¥याकेट २१ थान, युनेस्कोको टिसर्ट २५, मोबाईल, घडी, कर्क ५ दर्जन र नगर ५ हजार रुपैया चोरी भएको पार्कका व्यवस्थापक ऋषिकेश श्रेष्ठले बताए ।

निषेध आदेशका कारण पार्क बन्द छ व्यवस्थापक श्रेष्ठले भने, कोही नभएको मौका छोपेर चोरले सबै चोरेर लगेको छ । उनले करिब ३ लाख बराबरको सामान चोरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार