२३ बैशाख २०८१, आईतवार

कैलालीमा लागु औषधसहित २ जना पक्राउ



धनगढी: कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। 

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो। विज्ञापन

कैलालीको भजनी नगरपालिका दुधुवाफाटास्थित सडकखण्डमा से.७ प.८६४७ नम्बरको स्कुटरमा सवार वडा नम्बर १ बौनियाका २८ वर्षीय गणेश कोली र सोही नगरपालिका २ का ३२ वर्षीय मनोज मल्ललाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले बताएको छ।  विज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार