काँग्रेस संसदीय दलले बुझायो मुख्यमन्त्री भट्टलाई १४ बुँदे ध्यान आकर्षण पत्र

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
दलले सोमवार आगामी बजेट पुर्णरुपमा सन्तलीत,प्रदेश गौरवका योजना,कोरोना नियन्त्रण लगायतका माग राख्दै १४ बुँदे ध्यान आकर्षण पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएको हो ।
कोरोना भाइरसको सङ्क्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउने लगायतका माग राख्दै संसदीय दलका नेता समेत रहेका डा.रणबहादुर रावले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।
