अति विपन्न परीवारलाई खाद्यान्न सहयोग गर्न माग

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका भित्रका अति विपन्न परीवारलाई खाद्यान्न सहयोग गर्न माग गरिएको छ । कैलालीमा जारी निषेधाज्ञाका कारण अति विपन्न परिवार समस्यामा परेको भन्दै मानव अधिकार समुह गौरीगंगाले गौरीगंगा नगरपालिकालाई आवश्यक पहल गरिदिन आग्रह गरेको छ ।
मानव अधिकार समुह गौरीगंगाका नगर संयोजक कृष्ण खड्का, सहसंयोजक टेक राज ओझा र इन्सेक कैलाली जिल्लाका सहजकर्ता दिपक नेपालीले नगरपालिकाका मेयर भिम देउवा ,उप मेयर अञ्चला चौधरी र प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र राज जोशीलाई पहल गरिदिन माग गरेका हुन्।
जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरेर खाने परिवार अति संकटमा परेका परिवारहरुलाई तत्काल खाद्यअधिकारको प्रत्याभुति गराउनहुन नगरपालिकालाई अनुरोध गरेका छन् ।