१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा सोमबार १५६२ जनामा संक्रमण पुष्टि, ९१८ जना निको भए



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५ जनाको मृत्यु भएको छ।कैलालीका २ जना कञ्चनपुरका १ जना, बैतडी १ र बाजुराका १ जना गरी ५ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ७६० नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ८०२ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

यी दुवै विधिबाट गरिएको परिक्षणमा १५६२ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २४ हजार ६९९ जनाले कोरोना जितेका छन् भने, ५०० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार