१७ बैशाख २०८१, सोमबार

सेती प्रयोगशालामा ३८ जनामा कोरोना पुष्टि ,६ जना डिस्चार्ज



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।  २ सय ८१ जनाको परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

हाल अस्पतालमा थप ५१ जनाको उपचार भइरहेको छ ।

अस्पतालमा ३ जना  भेन्टिलेटर, १६ आइसीयु र  ३३ जनाको अक्सिजन सर्पोट उपचार भइरहेको अस्पतालका  सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन् भने १० जना भर्ना भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार