१६ चैत्र २०७९, बिहिबार

यार्सागुम्बा संकलनको क्रममा दार्चुलामा एक जना महिलाको मृत्यु



दार्चुला ।  जिल्लाको अपिहिमाल गाउँपालिका ५ का एक महिलाको यार्सागुम्बा संकलनको क्रममा एक जना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा संकलनको लागि अपिहिमाल गाउँपालिकाको सातगंगा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

यार्सागुम्बा संकलनको लागि गत वैशाखमै पाटन पुगेका धामीको पेट दुख्ने समस्या थियो । दुई तीन दिनसम्म पेट दुख्ने निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ ।

मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपिहिमाल गाउँपालिका ४ का एक पुरुषको पनि यार्सागूम्बा संकलनको क्रममा हिउँ पहिरोमा परि मृत्युभएको थियो ।

प्रतिक्रिया दिनुहोस्