१५ बैशाख २०८१, शनिबार

धनगढीमा नेपाली सेनाले सञ्चालनमा ल्यायो २५ शय्याको फिल्ड अस्पताल



धनगढी। धनगढीमा नेपाली सेनाले  २५ शय्याको फिल्ड अस्पताल  सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो।

अस्पतालको एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे  । अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने जनाएको छ ।  

प्रदेशमा कोरोना बढेपछि सुदूरपश्चिम सरकारले सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन आग्रह गरेको थियो । सेवा  सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ। अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको हो। अस्पताल सञ्चालनमा आएसगै सुदूरपश्चिम प्रदेशका सैनिक र उनीहरूका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार