१५ बैशाख २०८१, शनिबार

लुथरन विश्व फेडेरेशन नेपालद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण



धनगढी । सामाजिक विकास मन्त्रालय, दिगो विकास समाज भजनी कैलाली र लुथरन विश्व फेडेरेशन नेपालद्धारा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई करिब ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री मिना कुमारी साउदमार्फत आईतवार प्रदेश आपतकाली सेवा केन्द्रलाई हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा लुथरन वर्ल्ड फेडेरेशन नेपालका सुदूरपश्चिम ब्यबस्थापक मानध्वज खत्री ,दिगो बिकाश समाज कैलाली अध्यक्ष राम बहादुर सुनार, प्रदेश गैरसरकारी सस्था महासघका देवी खनाल ,सर्बाङिण अपाङ्गता बिकाश समाज नेपालका कर्यकारी निर्देशक नन्दराज भट्ट, दिगो बिकास समाजका कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट र रिहाव फाउन्डेसनका जिल्ला कार्यक्रम प्रमुख युवा अपांगता समाज सेवि ईन्द्र बहादुर पालीको सहभागी रहेको थियो।

उक्त स्वास्थ्य समाजिक बिकाश मन्त्रालयको स्वास्थ्य महाशाखाको मातहत रहने गरि आवश्यक अनुसार विभिन्न अस्पतालहरुमा नियमानुसार वितरण गरिने राज्य मन्त्रीले प्रतिबद्धता जनाएकी छन्। सामग्री हस्तान्तरण कार्यक्रमको संचालन अपांगता अधिकारकर्मी नन्दराज भट्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार