१० श्रावण २०८१, बिहीबार

करेन्ट लागेर एक जनाको मृत्यु



बझाङ । करेन्ट लाग्दा बित्थडचिर गाउपालिका १ का  भरत बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

जयपृथ्वि नगरपालिका वडा नम्बर ८  मा रहेको  बाल आश्रमको  भवन निर्माण गरिरहेका   बर्स २९  का बोहराको मृत्यु भएको हो । मृतक बोहरा लाई पोस्टमार्टम का लागि जिल्ला अस्पतालमा लगिएको  उनका आफन्तले जनाएको छ ।

भवनको माथिल्लो तलामा काम गर्ने क्रममा बिजुलिको हाईटेन्सन लाईन  मा सरिया लागेर करेन्ट प्रवाह  भई बोहराको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार