१३ बैशाख २०८१, बिहीबार

चालु आर्थिक वर्षभन्दा ३२ करोड २० लाख बढी रकम अनुदान थप



धनगढी । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेश सरकारलाई चालु आर्थिक वर्षभन्दा ३२ करोड २० लाख बढी रकम अनुदान थप गरेको छ ।

सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेशलाई हस्तान्तरण गर्छ ।

चालु आर्थिक वर्षमा १४ अर्व २५ करोड ८२ लाख रकम अनुदान उपलब्ध गराएको संघिय सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई १४ अर्व ५८ करोड दुई लाख रकम विनियोजन गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अन्तर सरकारी वित्तिय हष्तान्तरण पुष्तिकामा सुदूरपश्चिम प्रदेशलाई चालुतर्फ १० अर्व ५९ करोड १७ लाख र पुँजिगततर्फ तीन अर्व ९८ करोड ८५ लाख रकम विनियोजन गरेको छ ।

प्रदेशका लागि सबैभन्दा बढी समानिकरण अनुदान उपलब्ध गराइएको छ । समानिकरण अन्र्तगत न्यूनतम अनुदान एक अर्व ७३ करोड ५८ लाख, सुत्रमा आधारित अनुदानमा छ अर्व ४६ करोड २४ लाख र कार्यसम्पादनमा आधारित अनुदानमा ३४ करोड ५८ लाख गरी आठ अर्व ५४ करोड ४० लाख विनियोजन गरिएको छ ।

यस्तै प्रदेशलाई चालुतर्फ एक अर्व ९६ करोड ३२ लाख र पुँजिगततर्फ दुई अर्व २३ करोड एक लाख गरी चार अर्व १९ करोड ३३ लाख ससर्त अनुदान विनियोजन गरिएको छ भने समपुरक पुँजिगततर्फ प्रदेशलाई एक अर्व २२ करोड ९४ लाख विनियोजन गरिएको छ ।

यस्तै संघिय सरकारले प्रदेशलाई चालुतर्फ १२ करोड ४५ लाख र पुँजिगततर्फ ४८ करोड ९० लाख गरी ६१ करोड ३५ लाख रकम विशेष अनुदान अन्र्तगत विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार