१५ बैशाख २०८१, शनिबार

सेती अस्पतालमा कोरोना निको भएका व्यक्तिका लागि ओपिडी सेवा सञ्चालन



धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोनामुक्त भएका बिरामीका लागि ओपिडी सेवा सञ्चालन गरिने भएको छ । भोलिदेखि उक्त सेवा सुचारु हुने अस्पतालका मेसु डा. हेमराज पाण्डेयल सूचना जारी गर्दै जानकारी दिएका छन् ।

‘कोभिड संक्रमण निको भएका व्यक्तिहरुका लागि १७ गतेदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन हुने भएकाले फ्लोअपका चेकजाँचका लागि यस अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारी लागि अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । शनिवारबाहेक विहान १० बजेदेखि १२ बजेसम्म सेवा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार