१० श्रावण २०८१, बिहीबार

नेकपा एमाले प्रदेश सभा सदस्य पठान सिंह बोहरालाई स्पष्टीकरण माग



धनगढी । सुदूरपश्चिम प्रदेश सभा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्य पठानसिंह बोहरासंग स्पष्टीकरण माग गरेको छ ।

दलको बैठकमा स्वयम उपस्थितिमा भएका निर्णयहरुका विरुद्ध बोहराले दिएको सार्वजनिक अभिव्यक्तिका बारेमा स्पष्टीकरण पेश गर्न माग गरिएको हो ।

दलका नेता प्रकाशबहादुर शाहको हष्ताक्षरमा पठाएको स्पष्टीकरणमा आज ५ बजेभित्र जवाफ पेश गर्न भनिएको छ । बुधबार धनगढीमा भएको दलको आठौं बैठकको निर्णय स्वीकार गरेर हिडेका बोहराले सञ्चारमाध्यममा प्रदेश सभा दल र त्यसका निर्णयका विरुद्ध सार्वजनिक अभिव्यक्ति सञ्चारमाध्यममा दिएका थिए । सो पत्रमा भनिएको छ –‘बोहराले दलका अन्य सदस्य तथा पार्टी पंक्तिसमेत उक्साउने र भडकाउने दुराशयले गुटबन्दी गर्दै दलको एकता र गरिमालाई छिन्नभिन्न पार्ने प्रयत्न किन गरिरहनु भएको छ ?’

दलको विधान, २०७७ को दफा १७ को खण्ड (ग) र खण्ड (घ) अन्र्तगत कर्तव्यको प्रतिकुल र विधानको दफा २४ को खण्ड (क), (ग) र (ङ) मा उल्लेखित दलको सदस्यको अनुशासनको व्यवस्थाको प्रतिकुल भएकोले तथ्यगत जवफा पेश गर्न र जवाफ पेश नभएमा कारबाही गरिने उल्लेख छ ।

New-Doc-05-30-2021-09.41

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार