८ बैशाख २०८१, शनिबार

बजेटबारे सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरुको प्रतिक्रिया



धनगढी । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिम क्षेत्रमा मिश्रित धारणा व्यक्त भएको छ । बजेटमाथि टिप्पणी गरेका प्रायः सबैले बजेट कार्यान्वयनहुनु पर्नेमा बढी जोड दिएका छन् ।

सुदूरपश्चिमप्रदेश सरकारका पूर्व आर्थिक मामिलातथा योजनामन्त्री झपट बोहराले पहिलो पटक यर्थाथपरक ऐतिहासिक र समाजबाद उन्मुख बजेट आएको टिप्पणी गरे ।

कोभिडमा जनतालाई राहतदिने खालको बजेट छ उनले भने, करका दायरा पनि समसामयिक छन् । सबै तह र तप्कालाई समेटेको छ ।

सुदूरपश्चिमप्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रणबहादुर रावलले भने बजेट पूर्णतया वितरणमुखी आएको बताउदै ३० प्रतिशत स्रोत जुटाउन गाह्रो हुने बताए । उनले भने, अहिलेको बजेट स्वास्थ्य केन्द्रीत आउनु पर्ने थियो तर स्वास्थ्य क्षेत्र तेस्रो प्राथमिकतामा छ । स्वास्थ्यलाई भन्दा भौतिक र शिक्षाको विकास र चुनाव केन्द्रीत छ ।

यद्यपी स्वयमसेविका, न्युनतम तलव र विद्युतिय बसको कुरा राम्रो छ नेता रावलको टिप्पणी छ ।

प्रदेश सभा सदस्यतथा सत्तारुढ दलका युवा नेता लीलाधर भट्टले बजेट जोखिमपूर्ण अवस्थालाई समेटेर प्रस्तुत भएको बताए । उनले बजेटले मुद्रस्फितिकायम गर्न सक्ने बताउदै नागरिकको सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्र समेट्ने गरेर नै बजेट आएको दावी गरे ।

नेता भट्टले सुदूरपश्चिमको सवाललाई पनि बजेटमा राम्रोसित समेटिएको बताए ।

एमालेबाटै निर्वाचित प्रदेश सभा सदस्य अमर साउदले धेरै राम्रा कार्यक्रम ल्याइएको भएपनि जनताको प्रतिनिधिमुलक संस्था प्रतिनिधि सभामा बजेट प्रस्तुत नहुनु दुःखद रहेको बताए ।

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले बजेट आशावादी रहेको भएपनि विषम परिस्थितिमाआम्दानी जुटाउन गाह्रो हुने बताए । उनले भने, अतिआवश्यक क्षेत्रलाई मात्र प्राथमिकतामा राख्न बजेट चुकेको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका कुरामा ध्यान दिएको भएपनि ठ्याक्कै बजेट तय नभएको बताउदै बजेट बढी वितरणमुखी भएको टिप्पणी गरे ।

शुसासन, विधिको शासन, गरिबीनिवारण र रोजगारी सिर्जना गर्न बजेट चुकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार