१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा शनिबार ४९० संक्रमित थपिदा १०४५ जनाले कोरोना जिते



धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार ४ सय ९० कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परिक्षणमा ३ सय ४० र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा १ सय ९९ जना, डडेल्धुरा अस्पतालमा ५० जना, कमल बजार अस्पतालमा ६, महाकाली अस्पतालमा १९, बैतडी अस्पतालमा १७, डोटी अस्पतालमा १८ र बझाङ अस्पतालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

शनिबार पिसिआर बिधिबाट १ हजार ५८ र एन्टिजेन बिधिबाट ७ सय १८ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ हजार ८ सय ६३ पुगेको छ । जसमध्ये २२ हजार ८ सय ५१ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाले कोरोना जितेका छन ।

शनिबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ७ जनाको मृत्यु भएको छ । जसमा कञ्चनपुरका ३, कैलाली, डोटी, अछाम र दार्चलाका १÷१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार