२८ भाद्र २०८१, शुक्रबार

यी हुन् कोभिड राहत प्याकेजमा समेटिएका कार्यक्रम



काठमाडाैं- सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ। आगामी वर्षको बजेटमार्फत् प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्।

बजेटमा २० हजार लिटरसम्म खानेपानीको महशुल छुट, सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट र खानेपानी तथा सिँचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट घोषणा गरेको छ।

यसैगरी निषेधाज्ञा अवधिमा गार्हस्थ बिजुली उपभोक्तालाई महशुलमा छुट, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान, विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँसम्मको ऋण, सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने, होटललाई पनि उद्योगसरह मान्यता दिएर छुट तथा सुविधा दिने, होटलले आइसोलेसन सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने, कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ।

व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने, सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा ५० प्रतिशत भाडा छुट र पुनर्कर्जा अझै विस्तार गर्ने तथा सहुलियतपूर्ण कर्जा पनि निरन्तर हुने भएको छ। यसैगरी सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज र एक अर्बको च्यालेञ्ज फण्डलगायत बजेटमा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार