२३ बैशाख २०८१, आईतवार

सेती प्रादेशिक अस्पतालमा गरीएको कोरोना परीक्षणमा थप १९९ जनामा संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार ५ सय ८२ जनामा गरिएको परिक्षणमा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १४ जना बिरामी आईसियुमा र २ जना बिरामी भेन्टिलेटरको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार