१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री पौडेलले ४ बजे बजेट सार्वजनिक गर्ने



काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

सरकारले अध्यादेशबाट आगामी आवका लागि पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । अहिले बजेटलाई अन्तिम रूप दिने काम भइरहेको छ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी गरेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् । 

संघीय सरकारले १५ जेठमा वार्षिक बजेट ९राजस्व र व्ययको अनुमान० संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले बजेट अधिवेशन नबोलाई प्रतिनिधिसभा विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेको छ । संसद् नरहेको तथा चुनाव घोषणा भइसकेको अवस्थामा काम चलाउ बजेट मात्रै ल्याउनुपर्ने भन्दै सरकारलाई चौतर्फी दबाब परेको थियो । तर, आमसुझाब र दबाबलाई बेवास्ता गर्दै सरकारले अध्यादेशबाट पूर्ण आकारको वितरणमुखी बजेट ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार