९ पुष २०८१, मंगलवार

सुदूरपश्चिमको मन्त्रीमण्डल चौथो पटक विस्तार




धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल चौथो पटक विस्तार तथा पुर्नगठन गरेका छन् । मन्त्री मण्डलमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का एमालेबाट र माओवादीबाट मानबहादुर धामी थपिएका छन्।

सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै चुनकुमारी चौधरी भौतिक, मानबहादुर सुनार कृषि, अर्चना गहतराज आर्थिक र मना साउद सामाजिक राज्यमन्त्रीमा नियुक्त भएका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन ।

मन्त्री परिषदमा दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। यो संगै अव मन्त्रीमण्डल ११ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार