१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिमको मन्त्री परिषद विस्तार हुँदै, को को हुँदैछन मन्त्री



धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुने भएको छ । मन्त्री मण्डलमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का एमालेबाट र माओवादीबाट मानबहादुर धामी थपिने भएका छन् ।

सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउदलाई जिम्मेवारी दिइने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

तर उनले सम्हाल्दै आएको सो मन्त्रालय अहिले खाली राखिने भएको छ । । सो मन्त्रालयमा एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामांगलाई ल्याउने पहल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार