१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशमा मन्त्री थपिदै, पाँच बजे सपथ



धनगढी / मुख्यमन्त्री त्रिलोचन भट्टले चौथो पटक सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार तथा पुर्नगठन गरेका छन् । मन्त्री मण्डलमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी एमालेबाट र माओवादीबाट मानबहादुर धामी थपिएका छन् ।

स्रोतका अनुसार तारा लामा तामांग, दीर्घ सोडारी, पूर्णा जोशी र माओवादीबाट मानबहादुर धामी मन्त्री हुने भएका छन् ।

यस्तै गरेर राज्यमन्त्रीमा एमालेका कुलवीर चौधरी र माओवादीका मानबहादुर सुनार राज्यमन्त्री हुने चर्चा छ । यद्यपी मन्त्री हुनेहरुको नाममा अझै छलफल जारी रहेको छ ।

अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह फेरि पनि आर्थिक मामिला तथा योजना मन्त्रीमा दोहोरिने बताइएको छ । शाहले अहिले सो मन्त्रालयको कार्यभार समेत सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार