१७ बैशाख २०८१, सोमबार

सेतीको प्रयोगशालामा थप १८८ जनामा संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ८८  जनामा सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार ६ सय ५३ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ६५ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४२ जनाको उपचार भईरहेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा २ जनाको भेन्टीलेटर र १५ जनाको आइसीयुमा मा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार