१७ बैशाख २०८१, सोमबार

नेकपा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्का नियुक्त



धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्का नियुक्त भएका छन् ।

यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

संसदीय दलका नेता शाहले सचेतकमा दुर्गाकुमारी कामीलाई चयन गरेका छन् । यसअघि अक्कल रावल सचेतक थिए । रावल पनि मन्त्री बन्ने लाईनमा रहेको स्रोतले बतायो ।आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरु थपिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार