१० श्रावण २०८१, बिहीबार

बसपार्कमा भेटीएका पुरुषको हत्याको आशंकामा ६ जना नियन्त्रणमा



धनगढी ।  धनगढीको बसपार्कमा भेटीएका पुरुषको हत्याको आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बसपार्कबाट ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।  

टाउकोमा चोट लागेको अवस्थामा भेटीएका ती पुरुषको परिचय खुल्न बाँकी रहेको छ । आज बिहान बसपार्कस्थित प्रतिक्षालयमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो । डीएसपी बिष्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार