१७ बैशाख २०८१, सोमबार

धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिए



धनगढी । धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्दाजी २७-२८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । घटनाबारे थप विवरण आउन भने बाँकि  छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार