१७ बैशाख २०८१, सोमबार

सेतीको प्रयोगशालामा थप १३४ जनामा संक्रमण पुष्टि



धनगढी ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ३४  जनामा सङ्क्रमण पुष्टि भएको छ । बिहीवार ८ सय ११ जनाको स्वाब परीक्षण गरीएकोमा ६ सय ७७ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४४ जनाको उपचार भईरहेको जनाएको छ ।  
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ६ जना अस्पतालमा भर्ना भएका छन् ।आज २८ जनाले कोरोना संक्रमण जितेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ । अस्पतालमा तीन जनाको भेन्टीलेटर र १५ जनाको आइसीयुमा मा उपचार भइरहेको छ ।   

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार