२२ बैशाख २०८१, शनिबार

कांग्रेस नेतृ अरजु राणा देउवाद्वारा कैलालीका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण



धनगढी । कोरोना माहामारीका समयमा कांग्रेस नेतृ अरजु राणा देउवाले फ्रन्ट लाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको छ । बुधबार धनगढीको आफ्नै निवासमा पत्रकारका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।

कोभिड १९ बाट जोगिनका लागि अति आवश्यक पर्ने मास्क र सेनिटाईजर लगाएतका सामाग्री नेतृ देउवाका सहयोगी रमेश चन्दले प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई हस्तान्तरण गर्नुभएको हो । सामाग्री ग्रहण गर्दै प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले प्राप्त सामाग्री माहामारीकाबिच अग्र पंक्तिमा रहेर काम गर्ने कैलालीका सम्पुर्ण पत्रकारको पहुँचमा पुर्याउने बताए । उनले भने–‘अहिलेको परिस्थिति ज्यान जोगाउनु र आफु सुरक्षित रहनु हो ।’ सबै स्वास्थ्य सुरक्षासामग्री कैलाली जिल्लामा रहेका पत्रकारलाई बितरण गरिने देउवाले बताएका छन् ।

यसभन्दा अगाडी नेतृ देउवाले धनगढी उपमहानगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि १० लाख र सेती प्रादेशिक अस्पतालमा बिरामीको उपचारमा प्रयोग गर्नका लागि २ थाल कन्सन्ट्रेटर समेत सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार