२२ बैशाख २०८१, शनिबार

सेती प्रयोगशालामा थप १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि ,३ जनाको मृत्यु



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ५४  जनामा सङ्क्रमण पुष्टि भएको छ । ८  सय ३३ जनाको स्वाब परीक्षण गरीएकोमा ६ सय ७९ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ६६ जनाको उपचार भईरहेको जनाएको छ ।   पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार