२१ बैशाख २०८१, शुक्रबार

लायन्स क्लब अफ धनगढी ग्रिन सिटीद्धारा विभिन्न सामाग्री वितरण



धनगढी । कोरोना जोखिम लाई न्युनिकरण का लागी कैलालीमा मानब सेवामा समर्पित लायन्स क्लब अफ धनगढी ग्रिन सिटी ले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

क्लबको आफनै लगानीमा पहिलो र दोस्रो चरणका साता ब्यापी कार्यक्रम गरेको छ । पहिलो चरणमा सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा २५० प्याकिङ्ग स्वास्थ्य सामाग्री बितरण गरेको लायन्स क्लब अफ धनगढी ग्रिनसिटीका अध्यक्ष भरत खडकाले जानकारी दिए ।

माक्स,साबुन, गोलोब्स,बिस्कुट लागायतका स्वास्थ्य सामाग्री बितरण गरेको उनले बताए । लायन्स क्लबले कोरोना संक्रमण का कारण सुरक्षाकर्मी बढि जोखिममा हुदा सडक छेउमा रहेर चेकिङ्ग गर्दै गरेका सुरक्षाकर्मी लाई पनि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

धनगढी उपमहानगरपालिका पटेला गाउमा ११० पोका वडा नं १५ उर्मामा रहेको आईसोलेसनमा ३५ पोका स्वास्थ्य सामाग्री बितरण गरेको अध्यक्ष खडका ले बताए ।

दोस्रो चरणको साताब्यापी कार्यक्रममा भने अस्पतालमा कोरोना संक्रमितका कुरुवालाई एक छाक खाना खुवाउने क्रम जारी रहेको उनको भनाई छ । अबस्था र आवश्यकतालाई हेरेर जोखिम न्युनीकरण का लागी काम लाई निरन्तरता दिएर अघि बढने खडकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार