१० श्रावण २०८१, बिहीबार

सेतीमा बढ्दै जोखिम



कैलाली । कैलालीमा दोस्रो लहरको कोरोना का कारण जोखीम बढेको छ ।

सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा संक्रमित संख्या बढेको छ । ६० बेड क्षमताको आईसोलेसन वार्डमा ६५ जना कोरोना संक्रमीत उपचारमा छन । हाल सम्म कोरोनाका कारण १ सय ६१ जनाको मृत्यु भइृ सकेको अस्पतालले जनाएको छ । कोरोना का कारण अर्गस्थानमा रहेर काम गर्ने प्रहरी लाई कोरोना संक्रमित हुने त्रास पनि उत्तीकै छ ।

कोरोना जोखिम लाई न्युनिकरण का लागी कैलालीमा मानब सेवामा समर्पित लाईन्स क्लब अफ धनगढी ग्रिन सिटी ले बिभिन्न कार्यक्रम गर्दै आएको छ । कलबको आफनै लगानीमा पहिलो र दोस्रो चरणका साता ब्यापी कार्यक्रमको ओजना गरी पहिलो चरणमा सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा २५० प्याकिङ्ग स्वास्थ्य सामाग्री बितरण गरेको लाईन्स क्लब अफ धनगढी ग्रिनसिटीका अध्यक्ष लाईन भरत खडका ले जानकारी दिए ।

माक्स,साबुन, गोलोब्स,बिस्कुट लागायतका स्वास्थ्य सामाग्री बितरण गरेको उनले बताए । लाईन्स क्लबले कोरोना संक्रमण का कारण सुरक्षाकर्मी बढि जोखिममा हुदा सडक छेउमा रहेर चेकिङ्ग गर्दै गरेका सुरक्षाकर्मी लाई पनि स्वास्थ्य सामाग्री बितरण गरेको छ । धनगढी उपमहानगरपालिका पटेला गाउमा ११० पोका वडा नं १५ उर्मामा रहेको आईसोलेसनमा ३५ पोका स्वास्थ्य सामाग्री बितरण गरेको अध्यक्ष लाईन खडका ले बताए ।

दोस्रो चरणको साताब्यापी कार्यक्रममा भने अस्पतालमा कोरोना संक्रमितका कुरुवालाई एक छाक खाना खुवाउने क्रम जारी रहेको उनको भनाई छ । अबस्था र आबश्यतmालाई हेरेर जोखिम न्युनीकरण का लागी काम लाई निरन्तरता दिएर अघि बढने खडकाको भनाइृ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार