एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ ।
‘अहिले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा माननीयज्यूहरू आउने क्रम सुरु भएको छ,’ साउदले भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।’