२१ बैशाख २०८१, शुक्रबार

धनगढीले थाल्यो वडामै कोरोना परीक्षण र घरमै औषधी वितरण



धनगढी ।  धनगढी उपमहानगरपालिकाले टाढाका वडामा नै पुगेर कोरोना परीक्षण गर्न सुरु गरेको छ । त्यसै गरी कोरोना पोजेटिभ देखिएकालाई घरमै औषधी समेत वितरण गर्न थालेको छ । 

सोमबार देखि टाढाका वडामा नै पुगेर लक्षण देखिएकाहरूको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्न थालिएको उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षण लक्ष्मीराज उपाध्यायले बताए । खास गरेर धनगढी उपमहानगरपालिकाले सचालन गरेको स्वाब परीक्षण केन्द्र सम्म पुग्न समस्या भएका वडामा टोलमै पुगेर कोरोना परीक्षण सुरु गरेका हौ, स्वास्थ्य निरीक्षण उपाध्यायले भने, त्यही औषधी र स्वास्थ्य सम्बन्धी जनचेतना समेत दिने गरेको छौ । 

गत वर्ष पनि धनगढी उपमहानगरपालिकाले टोलमै पुगेर कोरोना परीक्षण गरेको थियो स्वास्थ्य निरीक्षण उपाध्यायले भने, अहिले टाढाका वडामा मात्रै त्यही पुगेर कोरोना परीक्षण गर्ने काम थालेका छौँ । जस अन्तरगत सोमबार वडा न १७ मा एन्टीजेन मार्फत कोरोना परीक्षण गरेको उपाध्यायले बताए  ।  

वडा न १७ मा ज्वरो आएर घरमै बसेका २३ जनालाई परीक्षण गर्दा ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ स्वास्थ्य निरीक्षण उपाध्यायले भने , कोरोना र अन्य ज्वरो आएका बिरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा समेत दिइएका छौ  । 

वडा न १९ मा पनि कोरोना परीक्षणको तयारी भइरहेको बताइएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नै स्वाब सकलन केन्द्र स्थापना गरेर गत वर्ष देखि नै कोरोनाको स्वाब सकलन गर्दै आइरहेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार