१५ चैत्र २०७९, बुधबार

कञ्चनपुरमा २ लाख बराबरको अवैध सामान बरामद



कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट दोधारा चाँदनी र बयलबन्दाबाट खटिएको पैदल गस्ती टोलीले अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको चिनी, मल, सुर्ती, बिडी, आलु, साइकल र किराना सामान गरी १ लाख ९७ हजार ४५९ बराबरको सामान बरामद गरेको हो। 

बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्