१ आश्विन २०८१, मंगलवार

धनगढीमा ड्राइ क्वारेन्टाइन सञ्चालन



धनगढी । कैलालीको धनगढीमा ड्राई क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

हरिप्रिया फाउण्डेसनले सेती प्रादेशिक अस्पताल नजिकै रहेको हिलो नेपाली कांग्रेसको ड्राई क्वारेन्टाइन सोमबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

सो क्वारेन्टाइनको धनगढी नगर प्रमुख नृपबहादुर वडले गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख वडले क्वारेन्टाइनको जिम्मेवारी नेपाली कांग्रेसले लिएको बताए । उनले पक्षपात नगरेर हरेक नागरिकलाई एम्बुलेन्स, औषधि र अस्पतालमा निशुल्क उपचारदेखि सिमामा फेरि खाना खुवाउन शुरु गरिने बताए ।

नेपाली काग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति सभापति हरिस खड्का, जिल्ला सदस्य नृपबहादुर सुनार, धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्वारेन्टाइनको नेपाल तरुण दल क्षेत्रीय सभापति केशब जोशी, त्रिविवि कावा सभापति गणेश भण्डारी, युएनडि का अध्यक्ष योगेश भण्डारी देवराज ओझा, हेमप्रकाश कलेल र नेपाल रेडक्रस सोसाइटीबाट महेश पाण्डेयलाई स्वयंसेवक कमान्डर तोकिएको तरुण नेता अमृत बिसिले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार