१० श्रावण २०८१, बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको कदम प्रतिगामी भएको भन्दै कैलालीका ५ राजनीतिक विरोधमा



धनगढी । कैलालीका ५ राजनीतिक दलले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको भन्दै विरोध जनाएका छन्।

सोमबार संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै राष्ट्रपति भण्डारी र प्रधामन्त्री ओलीले जेठ ७ गते मध्यराति जनताबाट निर्वाचित प्रतिनिधि सभा विघटन गरेको भन्दै विरोध जनाएका हुन्।

नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बम, नेकपा माओवादी कैलाली अध्यक्ष लालबहादुर सोडारी, नेकपा एमाले कैलाली सचिव विमल जोशी, जसपा कैलाली अध्यक्ष गयाप्रसाद कुश्मी र राष्ट्रिय जनमोर्चा कैलाली सचिव जगत प्रसाद जोशीले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गरेका हुन्।

सो वक्तव्यमा अगाडि भनिएको छ, “संसदीय मुल्य र मान्यताको परम्परागत पद्धतिलाई लत्याएर प्रतिनिधि सभा जस्तो महत्वपूर्ण निकायलाई सहजै विघटन गर्ने प्रतिगमन कारी कार्यका विरुद्ध एकजुट भइ लाग्न हामी समस्त नागरिकहरुमा विनम्रतापूर्वक लाग्न आग्रह गर्दछौ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार