१७ फाल्गुन २०८०, बिहीबार

संसद विघटनविरुद्ध ५४ प्रतिशत वहुमत सांसदद्धारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । संसद विघटन खारेजीको माग गर्दै विपक्षी दलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
सोमबार दिउँसो साढे दुई बजे विपक्षी दलका १४६ वहुमत सांसदहरु सर्वोच्चमा उपस्थित भई रिट निवेदन दर्ता गराएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै प्रतिनिधिसभाका ५४ प्रतिशत वहुमत सांसदहरुले सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेको माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।

रिट निवेदनमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरी तीन बुँदे माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार