१७ बैशाख २०८१, सोमबार

सेती प्रयोगशालामा थप २७३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा २ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७  सय ५२ जनाको स्वाब परीक्षण गरीएकोमा ४  सय ७८ जनाको रिपोट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका ११२ जना , कैलालीका १३१ र अन्य जिल्लका ३० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै  अस्पतालमा ८१ जनाको उपचार भईरहेको जनाएको छ ।  

अस्पतालमा आइसीयुमा १०  जना रहेकोका छन्, भने  ७१ जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ९ जना कोरोनामुक्त भएका छन् भने  थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार