१२ श्रावण २०८१, शनिबार

महन्थ–राजेन्द्र गुटलाई खुसी बनाएर प्रधानमन्त्री पद जोगाउन नागरिकतालाई हतियार बनाइयो–रावल



काठमाडौं ।  नेकपा एमालेका नेता भीम रावालले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो गुटलाई खुसी बनाउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको टिप्पणी गरेका छन्। कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी धिवेयक ल्याउनु आपत्तिजनक हरेको नेता रावललको भनाइ छ। 

सामाजिक सञ्जालमा नेता रावलले भनेका छन्,‘प्रधानमन्त्री पद जोगाउन महन्थ–महतो गुट पक्षलाई खुसी तुल्याउन नागरिकता जस्तो संवदेनशील विषयलाई हतियार बनाइएको छ । यो निन्दनीय छ।’

उनले विधेयक संसदबाट पारित हुन नदिने प्रधानमन्त्री ओली स्वयंले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नागरिकतासमबन्धी विधेयक ल्याउनु आपत्तिजनक भएको उनको भनाए छ। 

‘यो राष्ट्रिय हितप्रति वेस्वास्ता गर्ने र सत्ता स्वार्थको लागि जस्तो सुकै कुकर्म गर्न अग्रसररहने राष्ट्रघाती प्रवृत्ति कै द्योतक हो’ उनले भनेका छन्। 

कुर्सी मोहका लागि प्रधानमन्त्री ओलीबाट विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित संसदमा पेश भइसकेको अवस्थामा अध्यादेश जारी गरिएको र यसमा नेपालको अस्मिता र दीर्घकालिन अस्तित्वसँग गाँसिकएका विधेयकमा उल्लेखति विषयहरु नसमेटिएको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार