१० श्रावण २०८१, बिहीबार

राष्ट्रपति र प्रधामन्त्रीबाट पदको चरम दुरुपयोग– काँग्रेस कैलाली



धनगढी । नेपाली काँग्रेस कैलालीले राष्ट्रपति र प्रधामन्त्रीबाट पदको चरम दुरुपयोग गरेर संसदीय व्यवस्था र नेपाली राजनीतिलाई कमजोर बनाएको आरोप लगाएको छ ।

काँग्रेस कैलालीले आइतबार विज्ञप्ती जारी गर्दै मुलुक कोभिड–१९ को महामारीबाट थला परिरहेका बेला जेठ ७ गते मध्यरातमा नागरिक रोग र मृत्युसँग संघर्ष गर्दै सुतिरहेको अवस्थामा राष्ट्रपतिबाट जनताबाट निर्वाचित प्रतिनिधि सभा पुनः दोस्रो पटक विघटन गरिएको घटनाप्रति घोर भत्र्सना गरेको छ ।

विज्ञप्तीमा भनिएको छ– सम्मानीय राष्ट्रपतिले २०७७ पुस ५ गते देखिनिरन्तर प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा सर्वसत्तावाद, गैरसंवैधानिक, अलोकतान्त्रिक एवं निरंकुश चरित्रको प्रदर्शन गर्दै, स्थापित लोकतान्त्रिक विधि, मुल्यमान्यता, पद्धति, बहुलवादमा आधारित संसदीय प्रणाली विपरितका कार्यहरुमा प्रत्यक्ष संलग्न रहदै, प्रतिगमनकारी क्रियाकलापलाई प्रोत्साहित गर्ने उद्देश्यले देश र जनतालाई फेरी पनि अन्यौल र अनिश्चितताको भुमरीमा पार्नुभएको छ ।

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुद्वारा जारी विज्ञप्तीमा अगाडी भनिएको छ– सम्माननीय राष्ट्रपतिले प्रतिनिधि सभा संचालन भएको अवधिभन्दा बाहेक अन्य समयमा एक दिनका लागि प्र्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा लागेर स्थगित प्रतिनिधि सभा विश्वासको मत लिन आव्हान गर्ने, विश्वासको मत लिन नसकेपछि पुनः आफै प्रधानमन्त्री नियुक्त हुने, संविधानको व्यवस्था अनुरुप ३० दिनभित्र प्रतिनिधिसभामार्फत विश्वासको मत नलिने, उल्टै लिन नसक्ने भनेर मन्त्रीपरिषदबाट निर्णय गरि राष्ट्रपतिलाई सिफारिस गर्ने, राष्ट्रपतिमार्फत छोटो समय प्रदान गरी सरकार बनाउन आव्हान गराउने, त्यसको अन्तिम समयसिमाको केही समयअगाडी विश्वलाई जानकारी गराउने गरि पत्रकार सम्मेलन गरि मार्गप्रशस्त गरेको भनि जानकारी दिने अनि पुनः केही समय पश्चात् म सँग बहुमत छ भनी राष्ट्रपतिकहाँ आफ्नो बहुमतको सन्देश लिएर जाने जस्ता अशोभनीय र अमर्यादित गतिविधिले निर्लज्जताको पराकाष्ठा नाघेको छ । आफु अल्पमतमा पर्दा समेत पदीय सम्मान र प्रतिष्ठालाइ बिर्सिएर सधै सत्तामा टिकिरहने र आफुभन्दा बाहेक अरुलाई शासनसत्ता कदापि हस्तान्तरण नगर्ने हठवादी र तानाशाही सोचको नेपाली काँग्रेस, कैलाली घोर निन्दा गर्दछ ।

नेपाली काँग्रेस कैलालीले प्रतिनिधिसभामा विश्वासको मत लिनबाट संसद छल्दै विश्वासको मत लिन नसक्ने भनी सिफारिस गरेपश्चात, छोटो समय दिएर अर्काे सरकार गठनको प्रक्रिया प्रारम्भ भई सोही प्रक्रियामा प्रतिनिधिसभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित गठबन्धन सरकार निर्माण गर्ने गरि ४ज्ञ९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि दावी पेश गरेकोमा राष्ट्रपतिले संविधानतः सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्नेमा त्यसलाई नजरअन्दाज गरि मध्यरातमा संसद विघटन गरि पुनः संसदबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्काेपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुले राष्ट्रपति स्वयंमा असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवाद, र सर्वसत्तावादी आचरण रहेकोे ठहर गरेको छ । विज्ञप्तीमा भनिएको छ– आज राष्ट्रपति र प्रधामन्त्रीबाट गरिएको सम्मानित पदको चरम दुरुपयोगले नेपालको संसदीय व्यवस्था र नेपाली राजनितीको शिर विश्व सामु निहुरेको छ र नेपालको संविधान समाप्त गर्न उद्धत यी दुबै पात्रलाई ईतिहासले क्षमा दिने छैन ।

काँग्रेस कैलालीले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका गलत क्रियाकलापका विरुद्ध राजनैतिक र न्यायिक संघर्षको कार्यमा नेपाली काँग्रेस कैलाली दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार