१७ बैशाख २०८१, सोमबार

कैलालीका दुई पालिकालाई स्वास्थ्य सामग्री प्रदान



धनगढी । कोरोना संक्रमण बढीरहेको भन्दै कैलालीका स्थानीय तहमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । (युएसएआईडी) तयार नेपाल परियोजनाको सहयोगमा जिल्लाका गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकालाई कोभिड-१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

ट्रेस प्रालिको आयोजनामा अस्पताल बेड २०/२० सेट, सेनिटाईजर २०/२० लिटर, मेडिकल पञ्जा १०/१० डिब्बा, सर्जिकल मास्क ३६०/३६० प्याकेट, पिपिई ५०/५० सेट र थर्मल गन १५/१५ थान गरि २० लाख रुपैँया बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

ट्रेसका कार्यक्रम प्रमुख चक्रबहादुर बमले गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद र लम्किचुहा नगरपालिकाका कार्यबाहक प्रमुख लालबहादुर बोगटीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार